शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ ।
अस्पतालले विशेष कारणबस पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ ।
‘विशेष कारणबस अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर परीक्षण बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट आम सर्वसाधारणमा परेको असुविधाप्रति क्षमा प्रार्थी छौ,’ अस्पतालका निर्देशकले जारी गरेको सूचनामा भनिएको छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।