नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह कोभिड–१९ (कोरोनाभाइरस) बाट सङ्क्रमित भएका छन् ।
उनको होम आइसोलेसनमा प्रतिनिधिसभा सदस्य समेत रहेकी पत्नी दुर्गा पौडेललगायत परिवारका अन्य सदस्यहरूको प्रत्यक्ष रेखदेखमा उपचार भइरहेको बताइएको छ ।
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।
‘उहाँको स्वास्थ्यमा सुधार हुँदै जानेछ भन्ने विश्वासका साथ हामीले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ’, केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।