शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

युवा व्यावसायीको अगुवाइमा निःशुल्क खाना खुवाइयो (फोटोफिचर)


  • सोमबार, बैशाख २७ २०७८
19.7K
SHARES

काठमाडौँ । क्यान्टिन व्याबसायमा लागेका द्धय सुनिल शाह र सुनिल महर्जनको संयुक्त अगुवाइमा निःशुल्क खाना खुवाइएको छ ।
आज थापाथली स्थित प्रसुती गृह पछाडीको युएन पार्कमा असहाय तथा सडक व्यक्तिहरुलाई निःशुल्क रुपमा बेलुकाको खाना खुवाइएको हो ।


बेलुका ४ बजेदेखि सुरु गरिएको खाना वितरण कार्यक्रममा २५० भन्दा बढी व्यक्तिहरुलाई खाना, मास्क तथा खानेपानी वितरण गरिएको थियो ।


निषेधाज्ञाको समयमा आर्थिक अभावका कारण कोही पनि भोको नरहुन् भन्ने उद्देश्यले निःशुल्क खाना वितरण सुरु गरिएको व्यबसायी सुनिल सिंहले केटिएम खबरलाई बताए । अबको एक हप्तासम्म खाना वितरण गर्छौ । गुणस्तरियता खाना प्रदान गरेका छौँ । यसलाई निरन्तरता दिन्छौँ, एक हप्तासम्म खाना खुवाउने कार्यलाई निरन्तरता दिन्छौँ । त्यसपछि आवश्यक परे हामी थप दिनका लागि सहयोग गर्न पनि तत्पर रहेका छौँ सिंह भन्छन् ।


अर्का व्यबसायी सुनिल महर्जन भन्छन्–हामी ठुलो व्याबसायी हैनौँ तर पनि मानविय धर्म निर्वाह गर्नु पर्छ भनेर आफ्नो तर्फबाट कत्ति सकिन्छ सहयोग गर्नु पर्दछ भन्ने उद्देश्यले खाना तथा आवश्यक अन्य सामाग्री निःशुल्क रुपमा वितरण गरिएको बताए । यस विषम परिस्थितीमा कसैको भोको पेट देख्न नपरोस् भनेर हामी दुईले एक हप्तासम्मका लागि आफ्नै खर्चमा खाना खुवाउने कार्यक्रम सुरु गरेका हौँ । आज २५० भन्दा बढी व्यक्तिहरुलाई खाना खुवाएका छौँ ।


अब हरेका दिन बेलुका ४ बजेदेखि एक हप्तासम्म खाना वितरण गरिने जनाइएको छ ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा