संयुक्त अरब इमिरेट्सले आउँदो बुधबार मध्यरातदेखि लागु हुने गरी नेपालसहितका चार दक्षिण एसियाली मुलुकलाई यात्रा प्रतिबन्धको घोषणा गरेको छ ।
नेसनल इमर्जेन्सी क्राइसिस कमिटीले सोमबार उक्त निर्णय गरेको खलिज टाइम्सले जनाएको छ । ट्रान्जिटका उडानहरुमा पनि रोक लगाइएको छ ।
युएईका नागरिक, कूटनीतिज्ञ, डेलिगेट्स र गोल्डेन भिसा होल्डर्सलाई भने रोक लगाइएको छैन । नेपालसहितका दक्षिण एसियाली मुलुकमा कोभिड–१९ को संक्रमण फैलिएको निष्कर्ष निकाल्दै युएईले सो निर्णय गरेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।