शनिबार, साउन ९ २०८३
ताजा अपडेट

२७ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो


  • सोमबार, बैशाख २७ २०७८
17.6K
SHARES

फाईल तस्बिर

तीन दिनको करेक्सनपछि सोमबार नेप्सेमा दोहोरो अंकको बृद्धि देखिएको छ। यस दिन नेप्से सूचक २७.४१ अंकले बढेर २६४५.८४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ४.३५ अंकले बढेको छ।

सोमबार नेप्से सूचक सकारात्मक देखिए पनि कारोबार रकममा भने गिरावट देखिएको छ। आइतबार ५ अर्ब बढीको कारोबार भएकोमा सोमबार ४ अर्ब २० करोड रुपैयाँको मात्रै कारोबार भएको छ।

सोमबार २१८ वटा कम्पनीको ७५ लाख ७९ हजार ३ कित्ता शेयर ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८९ रुपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा अन्य उपसमूहको सूचक ३.९३ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसमूहको सूचक पनि २.६४ प्रतिशतले बढेको छ।
सोमबार राष्ट्रिय बिमा कम्पनी सहित तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।यस दिन राष्ट्रिय बीमा कम्पनीको संस्थापक र साधारण शेयरको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै समता घरेलु लघुवित्तको ९.९५ प्रतिशतले बढेको छ भने रुरु जलविद्युतको ९.८५ प्रतिशतले बढेको छ।

सोमबार बिशाल बजार कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने जोशी हाइड्रोपावरको ४.१२ प्रतिशत छ्याड.दी हाइड्रोपावरको ३.१४ प्रतिशत,मेरो माइक्रोफाइनान्सको २.७२ प्रतिशत र सिंगटी हाइड्रोको २.३० प्रतिशतले घटेको छ।
सोमबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २७ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपर तामाकोशीको १९ करोड ७० लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको १८ करोड ७ लाख र हिमालयन डिस्टिलरीको १४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा