शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

औषधि खरिदमा नभएको कनेक्सन जोड्न खोजियो : प्रधानमन्त्री


  • सोमबार, बैशाख २७ २०७८
9.3K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री केपी ओलीले कोभिड महामारीविरूद्धको लडाइँमा सबै एकजुट हुनुपर्नेमा त्यसो हुन नसकेको बताएका छन्।
सोमबार प्रतिनिधिसभामा आफ्ना लागि विश्वासको मत माग्दै ओलीले सरकारले कोभिड–१९ विरुद्धको लडाइँमा अरूको साथ नपाएको जिकिर गरे।

‘हामी कोभिडविरुद्धको लडाइँमा छौँ, कतिपय कर्नरबाट कोभिडविरुद्धको औषधि खरिदमा भएको भ्रष्टाचारको कुरा उछाल्ने, नभएको कनेक्सन अनुचित ढंगले उठाउने काम भयो,’ उनले भने ।

उनले कोभिडको यस्तो महामारीको साझा संकटको बेला पनि, यसमा पनि भ्रष्टाचार गर्छ भने त्यो क्षम्य नहुने भन्दै त्यसलाई कारबाही हुने दाबी गरे।

उनले सम्बोधनकै क्रममा कोभिडविरुद्ध खोप व्यापक बनाइएको दाबीसमेत गरे।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा