शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

सुरज वैद्यको कम्पनीले नाप तौलमा ठगी गरेको पुष्टि


  • सोमबार, बैशाख २७ २०७८
11.5K
SHARES

फाइल तस्विर

कमिसनको खेलमा कोभिड भ्याक्सिन आयात रोकेको आरोप लागेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य नापतौल ठगीमा पनि मुछिएका छन् ।

नेपाल गुणस्तर तथा नाप तौल विभागका अनुसार, वैद्यको बहुमत साझेदारीको नेपाल वेलहोप एग्रिटेक प्रालिले उत्पादन गरेको कुखुराको दाना बिक्री गर्दा तौलमा किसान ठगिएको पुष्टि भएको छ । यो मुद्दा अदालत जाने चरणमा छ । ठगी पुष्टि भए कम्पनीका अध्यक्षलाई ३० हजार रुपैयाँ जरिवाना र तीन वर्ष कैद हुने कानुनी प्रावधान छ ।

चितवनमा रहेको वेलहोप एग्रिटेकले ५० किलो लेखिएको बोरामा ४६ किलो मात्र दाना बिक्री गरेको पाइएको विभाग मातहतको कार्यालय वीरगन्जले जनाएको छ । ‘यो उद्योगले कुखुरा पालक किसानलाई बेचेको ५० किलो दानामा ४६ किलो हाराहारी मात्रै तौल पाइयो’, नाप तौल कार्यालय विरगन्जका प्रमुख शशिभूषण यादवले भने, ‘तौल कम भएको १० बोरा दाना जफत गरेका छौं ।’

किसानको उजुरीपछि वैशाख १९ गते परीक्षण गर्दा ठगि पुष्टि भएको उनले बताए । त्यसपछि मुचुल्का उठाएर ठगिएका किसान र उद्योगका अधिकारीलाई बयानका लागि बोलाएको तर लकडाउनले असर गरेको कार्यालय प्रमुख यादवले बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन र स्थानीय जनप्रतिनिधिको रोहोबरमा पिडित किसानलाई राखेर दानाको तौल जाँचिएको यादबले बताए । उनका अनुसार, वाणिज्य विभागले उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ भने नाप तौल तथा गुणस्तर कार्यालयले अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा