शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्रधानमन्त्रीले भने : आउनुस्, सँगै बसेर छलफल गरौं


  • सोमबार, बैशाख २७ २०७८
10.9K
SHARES

फाईल तस्बिर

आफ्नै पार्टीका सांसदहरुको समेत साथ नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले सँगै बसेर छलफलमा गर्न र समस्या समाधान गर्न आह्वान गरेका छन् ।

आन्तरिक मतभेद वा असन्तुष्टिलाई आपसी छलफलबाट समाधान गर्न सकिने ओलीको भनाइ छ । उनले हतारोमा कुनै पनि अनुचित निर्णय नगर्न पनि भनेका छन् ।

सोमबार बिहान ट्वीट गर्दै ओलीले भनेका छन्, ‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’

संसदमा विश्वासको मत लिने प्रक्रिया सुरु हुनुभन्दा केही घण्टा अगाडि प्रधानमन्त्री ओलीको यस्तो भनाइ सार्वजनिक भएको हो । सोही समयमा बसेको माधव नेपाल पक्षका सांसदहरुको बैठकले भने प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा