शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने माधव नेपाल पक्षका सांसदको निर्णय


  • सोमबार, बैशाख २७ २०७८
12.1K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन्।

आजको प्रतिनिधि सभाको बैठकमा नेता नेपाल पक्षका सांसद अनुपस्थित हुने भएका हुन्।

नेता भीम रावलका अनुसार आजको प्रतिनिधि सभा बैठकमा उपस्थित नहुने निर्णय भएको छ। राजीनामा दिने कि अनुपस्थित हुने भन्नेबारे नेपाल पक्षका सांसदहरू आज सिंहदरबारमा छलफलमा जुटेका थिए। उक्त बैठकले आज प्रतिनिधि सभामा अनुपस्थित हुने निर्णय गरेको हो।

कति जना सांसद प्रतिनिधि सभा बैठकमा आज अनुपस्थित हुन्छन् भन्नेबारे नेता रावलले खुलाउन चाहेनन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा