चीनबाट अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन नेपाल एयरलाइन्सको ‘वाइडबडी’ विमान आज बेइजिङ प्रस्थान गर्दै छ ।
वाइडबडी विमानले पहिलो चरणमा ४ सय थान सिलिन्डर र केही भेन्टिलेटर ल्याउने निगमले जनाएको छ ।
सोही विमानबाट १० थान भेन्टिलेटर र १ सय ७३ थान अक्सिजन कन्सर्न ट्रेटर पनि ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अक्सिजन सिलिन्डर र केही थान भेन्टिलेटर लिएर निगमको विमान भोलि काठमाडौं आइपुग्ने जनाईएको छ ।
आज राति साढे ११ बजे बेइजिङ प्रस्थान गर्ने विमान भोलि दिउँसो साढे २ बजे स्वदेश फर्कने कार्यतालिक रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।