राष्ट्रि प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नाटकीय परिवर्तन भएन भने आज प्रधानमन्त्रीले संसदमा विश्वासको मत गुमाउने र आजै राजीनामा आउने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै थापाले आजै राजीनामा आउने बताएका हुन् ।
‘आजै राजीनामा आउला, फेरि पनि प्रधानमन्त्री बन्न सक्नुहोला,’ ‘जे होस् अनेक विवाद र असफलताका बाबजुद लिम्पियाधुरासहितको चुच्चे नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मूलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भइरहने छ ।’ थापाले लेखेका छन्
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।