चलिरहेको माहामारी कोभिड १९ को कारण यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।
अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।
सरकारले पनि परीक्षा नचलाउ भनेको र कोरोना भाइरसको महामारी झन् झन् बढ्दै गएकाले तत्कालका लागि परीक्षा स्थगित गरिएको उनले बताए ।
जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि ५ लाख १७ हजार परीक्षार्थी तयारी अवस्थामा थिए । बोर्डले प्रश्नपत्र छपाइको काम पनि सकेको थियो । परीक्षाका लागि देशभर २ हजार १९ परीक्षा केन्द्र तोकिएको थियो ।
यस्तै जेठ २६ बाट हुने कक्षा १२ को परीक्षा पनि स्थगित भएको छ । १२ कक्षामा करिब ४ लाख परीक्षार्थी छन् । बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने अध्ययन गर्न ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।