इटालियन सिरी ‘ए’मा अघिल्लो सिजनको विजेता टोली युभेन्टस एसी मिलानसँग पराजित भएको छ । आइतबार राति आफ्नै मैदानमा युभेन्टस मिलानविरुद्ध ३–० गोलले पराजित हुन पुगेको हो।
मिलानलाई जिताउन ब्राहिम डियाज, एन्टे रेबिक र फिकायो टोमोरीले समान एक गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा डियाजले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए ।५८औँ मिनेटमा मिलानले पेनाल्टी पाएको थियो, जसमा फ्रान्क केसीको प्रहार असफल बनेको थियो । ७८औँ मिनेटमा रेबिकले गोल गर्दै मिलानको अग्रता दोब्बर बनाए ।
८२औँ मिनेटमा टोमोरीले गोल गरेपछि मिलानले ३–० गोलको सहज जित निकालेको हो ।युभेन्टसलाई हराएसँगै मिलान तेस्रो स्थानमा उक्लिएको छ । उसले ३५ खेलमा ७२ अङ्क जोडेको छ ।
युभेन्टस भने पाँचौँ स्थानमा खस्किएको छ । युभेन्टससँग ६९ अङ्क छ । यस पटक युभेन्टसलाई च्याम्पियन्स लिगमा छनोट हुन सकस परिरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।