शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

ट्रमा सेन्टरलाई कोभिड अस्पताल बनाउने निर्णय


  • सोमबार, बैशाख २७ २०७८
6.8K
SHARES

फाइल तस्विर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमा सेन्टरलाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।

मन्त्रालयको आइतबार बसेको सचिव स्तरिय वैठकले ट्रमा सेन्टरको सबै भवनवाट अब कोरोना संक्रमितको मात्र उपचार गराउने निर्णय गरिएको हो ।

सो अनुसार ट्रमा सेन्टरका बिरामीलाई वीर अस्पताल र जोरपाटीको अर्थोपेडिक अस्पतालमा व्यवस्थापन गरिने जनाएको छ ।

ट्रमा सेन्टरमा २ सय शैयाको कोभिड अस्पताल सञ्चालन हुने छ ।

यस्तै मन्त्रालयले वीर अस्पतालको २ सय शैया र नयाँ बनेको सर्जिकल भवनमा १ सय ५० शैया पनि कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने निर्णय गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा