शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अमेरिकाको मेरिल्याण्डमा गोली चल्यो, नेपालीसहित ४ जनाको मृत्यु


  • आइतबार, बैशाख २६ २०७८
15.4K
SHARES

एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ । मारिने अन्य व्यक्तिहरू ल्याटिन अमेरिकी रहेका पनि बुझिएको छ । मारिने नेपालीबारे भने केही खुलेको छैन ।

बाल्टिमोर काउन्टी प्रहरीले आक्रमण गर्ने व्यक्ति ५६ वर्षीय एभर्टन ब्राउन भएको र उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि मृत्यु भएको बताइएको छ ।

मानसिक रोगी रहेको उक्त आक्रमणकारीले ग्यास खोलेर आफ्नै घरमा समेत आगो लगाएपछि अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ ।  आगलागीका कारण छिमेकमा रहेका अन्य दुई घरमा पनि सामान्य क्षति भएको छ ।-एएफपी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा