शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

खरिद प्रक्रियामा विमत्ति राखेको भन्दै प्रमुख प्रशासकिय अधिकृतले इन्जिनियरमाथि दिए ज्यान लिने धम्की


  • आइतबार, बैशाख २६ २०७८
25.3K
SHARES

नुवाकोट । शिवपुरी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले सोही गाउपालिकामा कार्यरत इन्जिनिय शिशिर भट्टराईमाथि ज्यान मार्ने धम्कि दिएका छन् ।
आफुले अगाडी बढाएको खरिद प्रक्रियामा विमत्ति राखेको भन्दै प्रमुख प्रशासकिय अधिकृत आचार्यले इन्जिनियर भट्टराईमाथि ज्यान लिने धम्कि दिएका हुन् ।
उक्त विषयबारे जानकारी दिँदै बैशाख ९ गते शिवपुरी गाउपालिकाका प्रमुखलाई सुरक्षा पाउँ भनी भट्टराईले निवेदन समेत दिएका छन् ।
उनले भनेका छन्–विभिन्न योजनाको खरिद कारबाहीको प्रक्रियामा भएको लापरबाहीमा बिमत्ति राख्दा बारम्बार मलाई दवाब दिने काम भएको छ । सोही क्रममा बैशाख ०७ गते कार्यालयका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यबाट अपहेलित हुन पर्यो । म माथि विभिन्न अश्लिल शब्द प्रयोग गरि गाली गर्नेदेखि ज्यान लिने धम्कि दिने काम भएको छ । कार्यालय प्रमुखबाट सिध्याई दिन्छु, बाघको मुखमा हात हालिस, छाला काटिदिन्छु लगायत तथानाम अश्लिल शब्द प्रयोग गरि धम्काउने शैलीको घोर निन्दा गर्दछु । विगतमा पनि अनियमित कार्यमा असहमति जनाउदा पटक पटक जिम्मेवारी फेरबदल गर्ने घम्कि दिँदै आएका थिए ।
यस्तो छ इन्जिनियर शिशिर भट्टराईले गाउपालिका अध्यक्षसंग गरेको अपिलः

श्री अध्यक्ष ज्यू,
शिवपुरी गाउपालिका, शेराबगर, नुवाकोट ।

विषयः असुरक्षा महसुस भएको बारे ।

महोदय,
उपरोक्त सम्बन्धमा म शिशिर भट्टराई यस गाउपालिकामा इन्जिनियरको भुमिका निभाउदै आएको व्यहोरा अवगत गराउदछु । यसै विचमा यस गाउपालिकाकाके यसै आर्थिक वर्षमा अघि बढाएको विभिन्न योजनाको खरिद कारबाहीको प्रक्रियामा भएको लापरबाहीमा बिमत्ति राख्दा बारम्बार मलाई दवाब दिने काम भएको जानकारी गराउदछु । सोही क्रममा हिजो मिति २०७८। ०१ । ०७ गते यस कार्यलयका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य ज्यू बाट अपहेलित हुन परेको कुरा जानकारी गराउदछु । उक्त क्रममा मलाई विभिन्न अश्लिल शब्द प्रयोग गरि गाली गर्नेदेखि ज्यान लिने धम्कि दिने काम भयो । कार्यलय प्रमुखबाट सिध्याई दिन्छु, बाघको मुखमा हात हालिस, छाला काटिदिन्छु लगायत तथानाम अश्लिल शब्द प्रयोग गरि धम्काउने शैलीको घोर निन्दा गर्दछु । विगतमा पनि अनियमित कार्यमा असहमति जनाउदा पटक पटक जिम्मेवारी फेरबदल गर्ने घम्कि दिँदै आएको र मिति २०७७ । ११ । १९ मा पत्र च.नं. ९१५ र आजकै मितिको पत्र च.नं.१२९९ मितिमा जिम्मेवारी फेरबदल गर्न खोजेको कुरा पनि अवगत गराउन चाहन्छु । यस्ता प्रवृति फेरि पनि दोहोरिन सक्ने मेरो डहर रहेको छ भने म यस कार्यलयमा कुनै डर, क्राश बिना काम गर्न पाउनु पर्छ भन्ने मेरो मान्यता रहेको छ । तसर्थ म माथि उल्लेखित कुरालाई ध्यानमा राखी मलाई अत्यन्त असुरक्षित महसुस भएको छ । तसर्थ आवश्यक सुरक्षाको प्रबन्ध गरि मलाई निर्धक्कसंग नियमित काम कारबाही गर्ने वातावरण श्रृजना गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।

निवेदक
शिशिर भट्टराई
इन्जिनियर


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा