भारतमा जारी लोकसभाको चुनावको प्रभाव नेपालको भान्सासम्म परेको छ । विभिन्न राज्यमा छुट्टाछुट्टै भएको चुनाका लागि नेपाल–भारतबीचको नाका बन्दा हुँदा तरकारी आयात रोकिएकाले तरकारीको मूल्य शतप्रतिशतदेखि १५८ प्रतिशतसम्मले बढेको हो ।
भारतीय बजारबाट ल्याइने स्याउलगायतका फलफूलको मूल्यसमेत आकासिएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।
कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको आइतबारको मूल्यसूचीअनुसार भान्साको अनिवार्य उपज गोलभेडा (ठूलो) को थोक मूल्य नै प्रतिकिलो ९५ देखि १०० रुपैयाँसम्म छ भने सानो गोलभेडाको थोक मूल्य ८५ देखि ९० रुपैयाँ प्रतिकिलोसम्म छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।