आइतबार, कार्तिक १६ २०८३
ताजा अपडेट

मानव स्वास्थ्यका २० रोचक तथ्य जुन तपाईलाई थाहा नहुन सक्छ


  • आइतबार, बैशाख २६ २०७८
11.5K
SHARES

प्रतिकात्मक तस्बिर

हामी संसार थाहा पाउन दिन दिनै कुदीरहेका हुन्छौ तर अचम्म त के छ भने हामी आफ्नो स्वास्थ्यकै बारेमा त्यति जानकारी राख्दैनौ ।  हामीले २० वटा यस्तो तथ्यहरुको प्रस्तुत गर्दैछौ जुन तपाईलाइ थाहा नहुन सक्छ ।

१. महिलाको मुटुको धड्कन पुरुषको भन्दा छिटो हुन्छ ।

२. पुरुषको शरीरमा ६.८ लिटर रगत हुन्छ भने जबकि महिलाको शरिरमा ५ लिटर मात्रै रगत हुन्छ ।

३. अन्य औलाभन्दा माझी औलाको नङ चाडो बढ्छ । खुट्टाको भन्दा हातको नङ चार गुणा छिटो बढ्छ ।

४. हाम्रो शरीरमा भएको रौंको औषत आयु ३ देखि ७ वर्ष लामो हुन्छ ।

५. हाम्रो शरीरले प्रत्येक १० वर्षमा नयाँ अस्थिपञ्चर प्राप्त गर्छ ।

६. महिला जन्मिदा खेरि नै पुरुषभन्दा साना जन्मिन्छन् । र पछि गएर जिवनभर तुलनात्मक रुपमा छोटो नै देखिन्छन् ।

७. महिलालाई भन्दा बढी हिक्क पुरुषलाई लाग्छ ।

८. शरीरका अन्य भागको रौ भन्दा अनुहारको रौं चाडो बढ्छ ।

९. जन्मेपछि कहिल्यै नबढ्ने शरीरको अंग आखा हो भने बढ्न नरोकिने अंग नाक र कान हो ।

१०. फिमेल हर्मोनको कारण पुरुषको स्तनको आकार पनि बढ्दै जान्छ ।

११. धेरै खानाले श्रवण शक्ति कम हुदै जान्छ । साथै धेरै खाना खाँदा स्वाद कम र जिव्रो सुख्खा हुदै जान्छ ।

१२. हाम्रो शरीरले ३०० मिलीयन कोषहरु प्रत्येक मिनेटमा नष्ट गर्छ भने ३०० विलीयन नयाँ कोषहरु उत्पादन गर्छ । हामी सुत्ने कोठा जति चिसो भयो त्यति नै डरलाग्दो सपना देखिने सम्भावना बढि हुन्छ ।

१३. मानव शरीरको सबैभन्दा ठुलो कोष महिलाको पाठेघरमा हुने फिमेल एग हो भने सबैभन्दा सानो मेल स्पर्म हो

१४. साँझको समयभन्दा विहानको समयमा हाम्रो उचाई १ सेन्टिमिटर अग्लो हुन्छ ।

१५. मान्छेपिच्छे सुँघ्ने क्षमता र जिव्राको रङ फरक फरक हुन्छ भने ६० वर्ष पुगेपछि प्रायको जिव्रोले स्वाद पाउन छोड्छ ।

१६. हाम्रो छालामा ३२ मिलीयन व्याक्टेरिया हुन्छन् । तर यि व्याक्टेरियाले शरिरलाई नकारात्मक असर पुर्याउदैन । हरेक २७ दिनको अन्तरमा शरीरले काँचुली फेर्ने गर्छ ।

१७. शरीरको सबैभन्दा बलियो अंग जिब्रो हो । सबैभन्दा कडा हड्डी बंगराको हड्डी हो । र शरीरको आधाभन्दा बढि हड्डी हातमा हुन्छन् ।

१८. आँखाको भाग कर्नियाले हावाबाट सिधै अक्सिजन प्राप्त गर्न सक्छ भने रक्तसन्चार नहुने यो एउटा मात्र अंग हो । सामान्यतया मानिसले २० दिनसम्म खाना र २ दिनसम्म पानी मात्र नपिएर बाच्न सक्छ ।

१९. हाम्रो मस्तिष्क दिउँसो भन्दा रातको समयमा बढि सक्रिय हुन्छ । यसबारे वैज्ञानिकहरुले हाल सम्म पनि पत्ता लगाउन सकेका छैनन् ।

२०. अन्य रङको तुलनामा बच्चाको आँखाको रङ निलो हुन्छ ।

ऐजेन्सीको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा