सन् २०२२ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डीभी) को नतिजा आज रातिबाट प्रकाशित भएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारीअनुसार शनिबार राति पौने १० बजे डीभीको नतिजा प्रकाशित भएको हो ।
नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ । छनोट हुन सफल आवेदकलाई त्यसपछिको प्रक्रियाबारे जानकारी उक्त साइटमा नै उपलब्ध हुने बताइएको छ ।
दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोरा इमेलमार्फत पठाउँदैनन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।