आइतबार, कार्तिक १६ २०८३
ताजा अपडेट

खोप चाँडै आपूर्ति गर्ने सेरमको जवाफ, भोलि ३० टन लिक्विड अक्सिजन नेपाल आइपुग्दै


  • शुक्रबार, बैशाख २४ २०७८
7.6K
SHARES

फाइल तस्विर

भारतले नेपालसँगको अवरुद्ध खोप आपूर्ति सुचारु हुने जनाएको छ । खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले चाँडै खोप आपूर्ति हुने आशयको जवाफ दिएको दिल्लीस्थित नेपाल राजदूत निलाम्बर आचार्यले शुक्रबार नेपाल प्रेसलाई जानकारी दिए ।

‘उहाँहरुले खोप आपूर्ति चाँडै हुने कुरामा सकारात्मक जवाफ दिनुभएको छ र हाम्रो पहल पनि जारी छ’ आचार्यले भने, ‘भारतले विहिबार मात्र लिक्विड अक्सिजनको निर्यातमा लगाएको रोक खुला गरेको छ । हामी खोप आपूर्ति चाँडै हुनेमा आशावादी छौं ।

खोप लगायतका अन्य स्वास्थ्य सामाग्रीको आपूर्तिको लागि पनि दूतावासले भारतीय निकायलाई पहल गरिरहेको समेत राजदूत आचार्यले जानकारी दिए । भारतले नेपाललाई भुक्तानीबापत १० लाख डोज कोभिसिल्ड खोप दिन बाँकी छ ।

यसैबीच, भारतले अक्सिजन निर्यात फुुकुवा गरेलगत्तै भोलि शनिबार दुईवटा ट्यांकरमा ३० टन लिक्विड अक्सिजन नेपाल आइपुग्ने भएको छ । यो परिमाणको अक्सिजनले १ लाख ८० हजार भन्दा बढी सिलिन्डर भर्न मिल्ने जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा