काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले सत्तारुढ दल नेकपा एमालेका शिर्ष नेताहरुलाई मेलमिलाप गरेर नयाँ राजनैतिक संस्कृतिको थालनी गर्न सुझाव दिएका छन् ।
सिंगो राष्ट्र र नागरिकको जनजीवन कोभिड–१९ महामारीले आक्रान्त परेको र देशको अर्थतन्त्र थलो परेको अवस्थामा सबैभन्दा बढी जनादेश प्राप्त दललाई आन्तरिक द्वन्द्वमा समय बिताउने छुट हुँदैन भन्दै अध्यक्ष ढकालले क्षमा, प्रेम र एकताको मार्गचित्र अनुशरण गर्दै मुलुकलाई निकास दिन एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र शिर्ष नेताहरु तथा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई आग्रह गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका ढकालले कठिन समयमा आँफू हारेर पनि देश र र जनतालाई जीताउने नेतृत्वनै इतिहासले कदर गर्ने बताउँदै यो अवसर एमालेका शिर्ष नेतृत्वलाई प्राप्त भएकोले खेर नफाल्न पनि आग्रह गरेका छन् ।
नेपाल परिवार दलले नेकपा एमालेसंग ३ बुदे सहमति गरि गत निर्वाचनमा सूर्य चिन्ह लिएर चुनाव लडेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।