आइतबार, कार्तिक १६ २०८३
ताजा अपडेट

यस्तो माहामारी चलीरहेको अबस्थामा बीपीका कर्मचारीको आन्दोलन : प्रतिष्ठान पदाधिकारीको कार्यकक्षमा ताला


  • शुक्रबार, बैशाख २४ २०७८
13.6K
SHARES

फाइल तस्विर

माहामारीले देश आतंकित भएको बेला वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा भने पदधिकारीको कक्षमा कर्मचारीले ताला लगएका छन ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारजना पदाधिकारीको कार्यकक्षमा कर्मचारीले तालाबन्दी गरेका हुन। शुक्रबार विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका कर्मचारीले प्रतिष्ठानका पदाकिारीको कार्यकक्षमा यस्तो माहामारी चलीरहेको बखत तालाबन्दी गरेका हुन्।

आन्दोलनमा उत्रिएका कर्मचारीले उपकुलपती डा ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा गुरु खनाल, रजिष्ट्रार डा मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहको कार्यकक्षमा तालाबन्दी गरेका छन ।

प्रतिष्ठानको कर्मचारी तदर्थ समितिका अध्यक्ष राजन कोइरालाको नेतृत्वमा आन्दोलनमा उत्रिएका कर्मचारीले प्रतिष्ठानका पदाधिकारीले प्रतिष्ठान राम्रोसँग संचालन गर्न नसकेको, कोभिड भत्ता उपलब्ध नगराएको, गत आर्थिक वर्षमा वृद्धि भएको २० प्रतिशत तलब नदिएको, कर्मचारीको आन्तरिक फायल बढुवा नगरेको र ज्वालादारी कर्मचारीलाई करार गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको अध्यक्ष कोइरालाले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा