आइतबार, कार्तिक १६ २०८३
ताजा अपडेट

यात्रुसँग तीन गुणा बढी भाडा लिने टिकट काउन्टरका कर्मचारी पक्राउ


  • शुक्रबार, बैशाख २४ २०७८
12.4K
SHARES

फाइल तस्विर

वैदेशिक रोजगारीबाट फर्किएर घर जान लागेकासँग तीन गुणा बढी भाडा लिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिनेलाई शुक्रबार पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए। उनीहरू टिकट काउन्टरका कर्मचारीहरू हुन्।

कोटेश्वरबाट धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटीका ३४ वर्षीय राम सुरेललाई महाशाखाले पक्राउ गरेको हो।

उनीहरूलाई महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए।

अहिले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। त्यसक्रममा वैदेशिक रोजगारीबाट फर्किएका तथा अत्यावश्यक परी घर फर्किने यात्रुहरूसँग तोकेकोभन्दा तीन गुणा बढी भाडा लिएको पाएको हो।

सो सूचना पाएपछि प्रहरीले उनीहरूलाई गौशाला र कोटेश्वरबाट पक्राउ गरेको हो।

उनीहरूले काठमाडौंदेखि झापा र मोरङ्ग जाने यात्रुहरूसँग जनही तीन हजार देखी चार हजार पाँच सयसम्म भाडा लिएका थिए।

ट्राफिक प्रहरी महाशाखले निषेधाज्ञा जारी भएदेखि समस्यामा पर्नेहरूलाई घर पुर्‍याउने क्रममा ठगिन सक्ने भन्दै विशेष टोली गठन गरेको छ। त्यसैअन्तर्गत बढी भाडा लिई ठगी गर्ने ६ जनालाई पक्राउ गरिसकेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा