शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

सरकार भन्छ : थप ५० लाख डोज खोप खरिद गर्ने अवस्था अहिले छैन, सर्तअनुसार सिरमको खोप चाँडै आउँछ


  • शुक्रबार, बैशाख २४ २०७८
11.9K
SHARES

कमिसन विवादको कारण भारतको सिरम इन्स्टिच्युटसँग ५० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने प्रक्रिया रोकिएको भनिएको बारे सरकारले औपचारिकरुपमा टिप्पणी गरेको छ ।

शुक्रबार विज्ञप्ती जारी गर्दै स्वास्थ्य मन्त्रालयले ती समाचारमा कुनै सत्यता नरहेको समेत जनाएको छ । प्रवक्ता जागेश्वर गौतमद्वारा जारी वक्तव्यमा सिरम इन्स्टिच्युटले चाँडै खोप आपूर्ति गर्ने जानकारी मन्त्रालयलाई दिएको समेत उल्लेख छ ।

सिरमले दिनुपर्ने २० लाख डोज खोपमध्ये १० लाख प्राप्त भएको र बाँकी खोपको आपूर्ति वर्तमान विश्व परिस्थितीमा निर्भर हुने जनाइएको छ ।

सिरम इन्स्टिच्युटले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकतामा रहेको तर, सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने वित्तिकै खोप आपूर्ति गर्ने जानकारी दिएको समेत विज्ञप्तीमा उल्लेख छ ।

थप ५० लाख डोज खोप खरिद गर्ने अवस्था तत्काल नरहेको समेत मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले अन्य मुलुकका खोप प्राप्त गर्न कूटनीतिक तथा अन्य माध्यमबाट समेत प्रयास गरिरहेको समेत मन्त्रालयले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा