काठमाडौं – अस्ट्रेलियाका एक पुरूषले १३ वर्षअघि सपनामा देखेको नम्बरको आधारमा किनेको चिठ्ठाबाट १० लाख अमेरिकी डलर जितेका छन् । परिचय नखुलाएका ती मानिसले सपनामा देखेका ती संख्याको चिठ्ठा लगातार किन्दै आएको बताएका छन् ।
उनले खुसी हुँदै भनेका छन् ‘मैले मेरो टिकट अनलाइनमार्फत जाँचेपछि आफूलाई चिठ्ठा परेको खबर थाहा पाएका हुँ । मैले निरन्तर आफ्ना भाग्यको प्रयास जारी राखेथेँ । मलाई एक दिन ती संख्यामा चिठ्ठा पर्नेमा पूर्ण विश्वास थियो ।’
साथै उनले विगतमा पनि सोही नम्बरमा आफूलाई सानो परिमाणका चिठ्ठा परिसकेको बताएका छन् । उनले यी आफ्नो भाग्याशाली संख्या भएकाले अझै पनि सोही नम्बरको चिठ्ठा कन्न नछोड्ने पनि बताएका छन् । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।