चिलियन स्टार अर्टुरो भिडालले कीर्तिमान बनाएका छन् । सन् २०२०–२१ को सिरी ‘ए’ जितेसँगै इन्टर मिलानका मिडफिल्डर भिडालले रेकर्ड बनाएका हुन् ।
सिजनका सुरुआतमा बार्सिलोनाबाट इन्टर पुगेका भिडालले पछिल्ला १० वर्षमा ९ वटा घरेलु उपाधि जितेका छन् । त्यसबाहेक उनले पछिल्ला १५ सिजनमा १२ वटा लिगको उपाधि जितेका छन् ।उनले युभेन्टसबाट सन् २०१२ देखि २०१५ को बीचमा चार उपाधि जितेका थिए । जर्मन क्लब बायर्नबाट तीन वटा र बार्सिलोनाबाट एउटा उपाधि जितेका छन् । उनी सन् २०१९–२० सिजन भने उपाधिबाट बिमुख भएका थिए ।
चिलियन स्टार भिडालले सन् २१५ मा कोपा इटालिया, २०१२ र १३ मा सुपर कोपा इटालिया, २०१६ मा डिएफबी पोकल, २०१६ र १७ मा जर्मन सुपर कप, २०१८ मा सुपरकोपाको उपाधि जितेका छन् । यस्तै २०१५ र २०१६ मा उनले कोपा अमेरिकाको उपाधि जितेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।