इटालियन सिरी ए लिग अन्तर्गत युभेन्ट्स हाल तेश्रो स्थानमा छ, लिग उपाधि गुमाएको युभेन्ट्सले च्याम्पियन लिग छनोटका निम्ति संगर्ष गरिरहेको छ । शिर्ष स्थानमा रहेको मिलान सहित चौथो स्थानको ए।सि मिलानसंग युभेन्ट्सले प्रस्पर्धा गर्न बाकि रहेको छ । यी ठुला प्रतिद्वन्दी कै कारण च्याम्पियन लिग छनोटमा युभेन्ट्सलाई थप दबाब हुने देखिएको हो ।
कोपा इटालिया फाइनल एक खेल बाकि नै रहेको छ जहा युभेन्ट्सले एटलान्टाको सामना गर्ने छ । एटलान्टा समेत लिग खेलमा हाल दोश्रो स्थानम,आ अवस्थित छ । हाल अङ्क तालिकामा शिर्ष स्थानको इन्टर मिलान बाहेक तिन टोलीको समान अङ्क रहेको छ । ३४ खेलको समाप्तिसंगै युभेन्ट्स सहित ए।सि मिलान र एटलान्टाको समान ६९ अङ्क रहेको छ । युभेन्ट्सले अन्तिम ४ लिग खेल स्वरूप पहिलो भिडन्त एसि मिलान विरुद्ध गर्ने छ । आइतबार राति नेपली समय अनुसार सोमबार विहान १२:३० बजे युभेन्ट्सले मिलानको सामना गर्ने छ । उक्त खेल युभेन्त्सको घरेलु मैदान एलिएंज स्टेडियममा हुने छ ।
युभेन्ट्सले मे १३ मा सस्सुओलोको सामना गर्ने छ भने १५ मे मा शिर्ष स्थानमा रहेको इन्टर मिलानको सामना गर्ने छ । युभेन्ट्स विरुद्ध इन्टर मिलानको भिडन्त समेत युभेन्ट्स कै घरेलु मैदानमा हुने छ । समय नतोकिएको एटलान्टा विरुद्धको कोपा इटालिया फाइनल खेल भने १९ मे मा हुने छ ।
सिरी ए लिग कै अन्तिम खेल युभेन्ट्सले बोलोग्ना विरुद्ध खेल्ने छ । यससंगै इटालियन सिरी ए २०२०र२०२१ को समापन हुने छ । युभेन्ट्सका निम्ति २ कठिन प्रतिद्वन्दी साथै २ सहज प्रतिद्वन्दी विरुद्धको खेल खेल्न बाकि रहेता पनि दुवै कठिन प्रतिद्वन्दी विरुद्धको खेलहरु भने आफ्नै घरेलु मैदानमा हुने छन्, जसको कारण युभेन्ट्सले उक्त खेलहरुबाट फाइदा उठाउन सक्ने छ ।३४ खेलको समाप्तिमा युभेन्ट्सले ५ खेलमा हार र ९ खेलमा ड्र खेलेको थियो । ३४ खेलमा युभेन्ट्सले ३३ अङ्क गुमाएको थियो जसको कारण युभेन्ट्सले लगातार १० औ पटक इटालियन लिग जित्ने अवसर गुमाउन पुग्यो । हाल च्याम्पियन लिग स्थानका निम्ति निकै कठिन अवस्थामा रहेको युभेन्ट्सलाई दुई मिलानको दबाब रहेको छ । नापोली र लाजियो ५ र ६ औ स्थानमा छन् जसले ठुला खेलको स्थितिबाट आफुलाई च्याम्पियन लिग छनोट स्थानमा उकाल्न सक्छन । कुनै पनि खेल गुमाउनु युभेन्ट्स सहित एटलान्टा वा मिलानका निम्ति निकै महगो पर्ने सक्ने छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।