हुम्लामा रहेको स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालमा आकास्मिकबाहेक अन्य बहिरङ्गसहितका सम्पूर्ण सेवा बन्द गरिएका छन् ।
नेपालगञ्जबाट हवाईमार्ग हुँदै सिमकोट विमानस्थलमा ओर्लिएका ४० मध्येका आठ जनामा कोरोना पोजेटिभ देखिएसँगै हुम्लामा निषेधाज्ञा गरिएको र जिल्लामा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय एक हप्ताका लागि बन्द गरिएपछि जिल्ला अस्पतालले आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गरेको छ ।
डिसीसिएमसीका सदस्यसचिवसमेत रहेको स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालले अत्यावश्यकबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गरिएको कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए । एक हप्तासम्म अस्पतालमा आकस्मिक, प्रसूति र कोभिडसम्बन्धी सेवाबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख सिंहले बताए । आकास्मिक, प्रसूति र कोभिडसम्बन्धी सेवा दैनिक चौबीस घण्टा सञ्चालित हुने भएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।