शनिबार, साउन ९ २०८३
ताजा अपडेट

केएमसी र ह्याम्स अस्पताललाई काठमाडौंका सीडीओले सोधे स्पष्टीकरण


  • बिहिबार, बैशाख २३ २०७८
13.3K
SHARES

फाइल तस्बिर

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको छ ।

कोरोना संक्रमितको उपचारका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिएको जानकारी आएकाले स्पष्टीकरण सोधिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
ती अस्पतालको शुल्क विवरण सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारीले स्पष्टीकरण सोधेका हुन् ।

संक्रमितको उपचारका लागि केएमसीको दैनिक ३० हजारसम्म र ह्याम्स अस्पतालको दैनिक ५० हजार रुपैयाँसम्मको शुल्क सूची सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।

स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमितको उपचारका लागि दैनिक शुल्क आईसीयूमा १५ हजार रुपैयाँसम्म लिन पाउने नियम बनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले नियम विपरीत बढी शुल्क लिएको पाए कारबाही गर्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा