शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

गौतमबुद्ध विमानस्थल निर्माणमा उपमहानगरको अवरोध


  • मंगलबार, बैशाख ३१ २०७६
19.6K
SHARES

lqe'jg cGt/f{li6«o ljdfg:yndf /g j] sf] :t/f]Gglt ul/b} . lrlgofF sDkgL rfOgf g]zgn Pu|f] 6]Sgf]nf]hL OG6/g]zgn sDkgLn] OlGhlgol/ªsf] sfd u/]sf] 5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

बुटवल उपमहानगरपालिकाले विभिन्न बहाना गर्दै दुई महिनादेखि नदीजन्य पदार्थ नदिएपछि बहुचर्चित  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

सरकारले उच्च प्राथमिकता दिएर बनाउन लागेको यो विमानस्थल अन्तिम चरणमा पुग्न लागेको छ । तर, यसैबेला कच्चा पदार्थ अभावले निर्माण रोकिन पुगेको हो । पछिल्लो समय चिनियाँ ठेकेदार कम्पनीलाई भुक्तानी नदिँदा निर्माण कार्य प्रभावित बनेको छ ।

उपमहानगरपालिकाले नदीजन्य पदार्थ दिन सम्झौता गरी राजस्व समेत बुझिसकेको छ । उपमहानगरपालिकाले चाइनिज कम्पनीलाई आपूर्ति गर्र्ने स्थानीय आपूर्तिकर्ता स्वासम कन्सट्रक्सन प्रालिलाई प्रतिघनमिटर ६ रुपैयाँका दरले १७ हजार सात सय २७ घनमिटर नदीजन्य उत्खनन गर्न दिने सम्झौता गरेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा