जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) मकवानपुरले हेटौंडा उपमहानगरपालिका– ११ स्थित चुरेहिल अस्पताललाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको डिसी सीएमसीको बैठकले उक्त अस्पतालमा आइसियू सहितको २५ बेडको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले कोरोना संक्रमित विरामीहरुको उपचारमा खटिरहेको जिल्लाको एक मात्र अस्पताल हेटौंडा अस्पतालमा स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिन तत्काल हेटौंडा उपमहानगरपालिकालाई स्वास्थ्यकर्मीहरु नियुक्त गरी काजमा खटाउने निर्णय गरेको छ ।
जिल्लामा निषेधाज्ञाको पूर्ण पालना गराउनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी भए बाहेकका कुनै पनि पासलाई मान्यता नदिने निर्णय गरेको छ । बैठकले निषेधाज्ञाको पूर्ण पालना गराउन जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक कार्यालय मकवानपुर र मातहतको कार्यालयलाई निर्देशन दिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।