शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

म्यानचेष्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा


  • बुधबार, बैशाख २२ २०७८
9.8K
SHARES

फाइल तस्बिर

२२ वैशाख, काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी पहिलो पटक युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

रियाद महारेजको दुई गोल मद्दतमा सिटीले सेमिफाइनल दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी लाई २-० ले पराजित गर्दै समग्रमा ४-१ को जित हात पारेको हो । पहिलो लेगमा सिटीले पिएसजीलाई उसैको मैदानमा २–१ ले पराजित गरेको थियो ।दोस्रो लेगमा महारेजले दुवै हाफमा एकएक गोल गरे ।

सिटीले अब रियल मड्रिड र चेल्सीबीच हुने अर्को सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।
घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलको ११ औं मिनेटमा महारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा महारेजले फिल फोडिनको पासमा व्यक्तिगत दोस्रो गोल गरे ।

एन्जल डि मारायले ६९औं मिनेटमा रातो कार्ड पाएपछि पीएसजीले १० खेलाडीमा सीमित रहेर खेलको अन्त्य गरेको थियो ।

सन् २०१६ मा च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको सिटी पछिल्लो तीन सिजन क्वाटरफाइनलमा पराजित भएको थियो ।सिटी यस सिजन प्रिमियर लिगको उपाधि नजिक छ भने लिग कपको उपाधि जितिसकेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा