काठमाडौँ उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।
उपत्यकामा साँझ ५ बजेदेखि ७ बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न पाउने निर्णय सच्याइएको छ । अब साँझ किराना र डिपार्टमेन्ट स्टोर खोल्न नदिने निर्णय गरिएको प्रजिअ भट्टराईले बताए । अबदेखि बिहान ७–९ बजेसम्म मात्र पसल खोल्न पाइनेछ । उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।