शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

लाइसेन्स छाप्न कार्डै छैन, ट्रायल पास गरेको १ महिना भित्र लाइसेन्स दीने कुरा नारामै सिमित


  • मंगलबार, बैशाख २१ २०७८
23.1K
SHARES

प्रतिकात्मक तस्बिर

यातायात व्यवस्था विभागसँग स्मार्टलाइसेन्स छपाइ गर्न आवश्यक स्मार्टकार्ड नभएपछि उपत्यकाको यातायात कार्यालयबाट दिने भनिएको अस्थायी लाइसेन्स प्रक्रिया रोकिएको छ । यातायात विभागले ट्रायल पास गरेको एक महिना भित्र लाइसेन्स उपलब्ध गराउने भन्ने बिषय नारामै सिमित भएको छ ।

आगामी जेठदेखि क्युआरकोड सहितको अस्थायी लाइसेन्स दिने भनिएपनि काठमाडौं उपत्यकामा भएको निषेधाज्ञाको कारण आवश्यक सामाग्री आपुर्ति हुन नसकेपछि उक्त प्रक्रिया केही समयको लागि स्थगित भएको हो ।

विभागले गत हप्तादेखि सवारी प्रयोगात्मक परिक्षा ट्रायल तथा सवारी अनुमति पत्र आवेदनमा रोक लगाएपछि आगामी जेठबाट वितरण गर्ने भनिएको अस्थायी लाइसेन्स कार्ड छपाइ पछि धकेलिने भएको हो ।

गत बर्ष लकडाउनको मौका छोपी विभागले ८ लाख स्मार्टलाइसेन्स छपाइ गरेको थियो । तर, यो पटक भने लाइसेन्स छपाइ गर्नको लागि स्मार्टकार्ड नै विभागसँग अभाव छ ।

विभागका अनुसार नयाँ स्मार्टलाइसेन्स ६ लाख भन्दा बढी छाप्न बाँकी छ भने नयाँ लाइसेन्स आवेदन १३ लाखभन्दा माथि रहेको छ ।

यातायात विभागका निर्देशक लोकनाथ भुसालले अब ७ हजार मात्रै स्मार्ट कार्ड रहेको र त्यो पनि विदेश जाने र अत्यावश्यक व्यक्तिलाई मात्रै उपलब्ध गराइएको जनकारी दिए ।

नयाँ स्मार्ट कार्ड आयातको लागि अगाडि बढेको टेन्डर प्रक्रिया र अस्थाइ लाइसेन्स पनि कोरोना भाइरसको दोस्रो लहरको कारण भएको निषेधाज्ञाले प्रभावित बनाएको भुसालको भनाई छ ।

उपत्यकाका यातायात कार्यालयमा अस्थायी लाइसेन्स छपाइ गर्न मेसिन समेत अहिलेसम्म उपलब्ध गराइएको छैन । उपत्यकामा भएको दुई साता निषेधाज्ञाले यातायात सेवालाई अझ धेरै प्रभावित बनाएको छ ।

स्मार्ट लाइसेन्स र यातायातका अन्य सेवामा प्रदेश यातायात कार्यालय र यातायात व्यवस्था विभागवीच समन्वय नहुँदा सेवाग्राहीले वारम्बार सेवामा झन्झट व्यहोर्न बाध्य छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा