शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

गाई तस्कर पक्राउ


  • बिहिबार, बैशाख २६ २०७६
22.6K
SHARES

२६ वैशाख, रौतहट ।
सिमावर्ती भारतीय बजारतर्फ गाई तस्करी गरेर लैजादैै गरेका तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहटको इशनाथ नगरपालिका-३ बन्जरहाबाट भारततर्फ लैजादै गरेको अवस्थामा ४० वटा गाईसहित एकजना तस्करलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहीबार विहान ३ बजेको समयमा प्राप्त सूचनाको आधारमा खटेको प्रहरी टोलीले सिमावर्ती क्षेत्रको दशगजाबाट ४० वटा गाईसहित एक जना तस्करलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ पर्नेमा राजपुर नगरपालिका-५ का ४० बर्षिय शेख नशिर रहेको प्रहरीले जनाएको छ । ४० वटा गाईलाई डोर्‍याएर नेपाल भारतको बन्जरहा नाका भएर भारततर्फ लैजादै गरेको अवस्थामा नशिरलाई पक्राउ गरिएको रौतहट प्रहरीका डीएसपी नविन कार्कीले बताए ।

नियन्त्रणमा लिएका ४० वटा गाईको ४ लाख ८ हजार मूल्याँकन गरेर नशिरलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा