सोमबार, कार्तिक १७ २०८३
ताजा अपडेट

बालबालिकामा पनि कोरोना जोखीम, झण्डै १० प्रतिशत संक्रमित बालबालिका


  • शनिबार, बैशाख १८ २०७८
14.7K
SHARES

फाईल तस्बिर

अहिले कोरोना भाइरस नेपालमा दोस्रो लहर फैलिरहँदा उच्च जोखिममा बालबालिका पनि पर्न गएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार वैशाख १ देखि १७ गतेसम्म ४०६९ जना बालबालिकामा संक्रमण देखिएको छ । यो तथ्यांक २० वर्ष मुनिका बालबालिकाको हो । जसमध्ये नौ वर्षसम्मका ९२५ जना र १० देखि १९ वर्षसम्मका ३१४४ जना छन् । प्रतिशतका हिसाबले त्यो क्रमशः २.१२ र ७.१९ प्रतिशत हो भने समग्रमा ९.३१ प्रतिशत हो ।

मन्त्रालयको तथ्यांक अनुसार १७ दिनको अवधिमा कुल १ लाख ६४ हजार ८१२ नमुना परीक्षण गरिएको थियो । जसमध्ये ४३ हजार ७०४ जनामा संक्रमण पुष्टि भएको थियो । जुन ४ जनाको परीक्षण गर्दा औसतमा १ जनामा संक्रमण पुष्टि भएको देखिन्छ ।

बिहीबार १५ हजार ९१६ नमुना परीक्षण गर्दा ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ७२७ संक्रमित हुँदा २० वर्ष मुनिका ५०६ जना बालबालिका कोरोनाको चपेटामा परेका छन् । जसमध्ये ९ वर्षसम्मका १३९ जना र १० देखि १९ वर्षसम्मका ३६७ जना छन् । प्रतिशतका हिसाबले त्यो क्रमशः २.४३ र ६.४१ प्रतिशत हो भने समग्रमा ८.८४ प्रतिशत हो ।

बढी समय बाहिर घुलमिल हुने अभिभावक सचेत नबन्दा बालबालिकामा पनि संक्रमण बढेको सरोकारवालाहरु बताउछन ।

चिकित्सकहरुले बताए अनुसार तुलानात्मक रुपमा कोरोना संक्रमणको दोस्रो लहरले बालबालिका बढी प्रभावित भएका छन् ।

वयस्क व्यक्तिको तुलनामा बालबालिकाको परीक्षण कम भएका कारण अहिलेको तथ्यांक अन्य उमेर समूह भन्दा कम देखिए पनि यथार्थमा बढी हुन सक्ने चिकित्सकहरु बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा