
घुमघामको बाहनामा भारत पु¥याइएका २३ नेपालीलाई उद्धार गरी आज नेपाल फकाईदै छ । लालबहादुर नामक नेपालीभाषी एजेन्टले उनीहरुलाई मिजोरम र्पुयाएका थिए । उनीहरुलाई वैदेशिक रोजगारीका लागि मिजोरम, बर्मा हुँदै दक्षिणपूर्वी एसियाली मुलुक लैजान लागिएको थियो । एजेन्ट लालबहादुरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
केही महिना अघि बर्मासँग सीमा जोडिएको मणिपुरको मोरेबाट १ सय ७८ जना नेपालीलाई उद्धार गरी घर फर्काइएको थियो । पछिल्लो घटनापछि मणिपुरको मोरे सीमानामा गरिएको कडाईका कारण दलालले अर्को रुट प्रयोग गरेको देखिन्छ । पूर्वोत्तर भारतका मणिपुर, मिजोरम र नागाल्याण्ड राज्यको सीमाना बर्मासँग जोडिन्छ ।
शक्ति समुह, माइती नेपाल लगायतका संस्थाहरुको पहलमा उनीहरुलाई नेपाल ल्याइँदैछ । विहीवारै उनीहरुलाई काठमाडौं लगिने र केही समय सेफ होममा राखिने जनाइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।