काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रमा बिहीबार वर्षा भएको छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा हल्का र मध्यम वर्षा हुने सम्भावना देखिएको मौसमविद मीनकुमार अर्यालले जानकारी दिए ।
तराई क्षेत्रमा भने सामान्य मौसम बदली देखिए पनि पानी परेको छैन । मौसमविद अर्यालका अनुसार पहाडी क्षेत्रमा दुई दिनसम्म पानी पर्न सक्छ । तर तराईमा भने मौसम बदली र सामान्य वर्षा भए पनि ठूलो पानी नपर्ने उनले जानकारी दिए ।
‘तराईमा आंशिक बदली देखिन्छ । पानी पर्ने सम्भावना पनि छ, तर प्रभावकारी वर्षा हुँदैन’ मौसमविद अर्यालले भने ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।