
२६ वैशाख, काठमाडौं ।
पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहिबार पुनः विवाह गर्दैछन् अर्थात बेहुला बन्न लागेका छन् ।
पूर्व प्रधानमन्त्री प्रचण्डले आज पत्नी सीता दाहालसँग पुनः विवाह गर्न लागेका हुन् । पत्नी सीतासँग विवाह गरेको ५० वर्ष पुगेको अवसरमा प्रचण्डले उनीसँग पुनः विवाह गर्न लागेका हुन् ।
पत्नी सीता दाहाल केही वर्षदेखि अस्वस्थ छिन् । देश विदेशका विभिन्न अस्पतालमा उपचार गर्दा पनि उनी स्वस्थ हुन सकेकी छैनन् । विवाहको ५० औँ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम गरे त्यसबाट उनमा सकरात्मक प्रभाव पर्ने आफ्नजनले सुझाव दिएका छन् । त्यही कारण प्रचण्डको पुनः विवाह कार्यक्रमको आयोजना गरिएको हो ।
विवाह समारोहमा पार्टीका शीर्ष नेतादेखि कार्यकर्ता सहभागी हुने कार्यक्रम छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।