बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

जनमोर्चाका सांसद अनुपस्थित भएपछि गण्डकी प्रदेशसभामा खैलाबैला


  • बुधबार, बैशाख १५ २०७८
14.3K
SHARES

फाइल तस्बिर

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा बुधबार गण्डकी प्रदेशसभामा मतदान हुँदैछ । अपराह्न साढे ४ बजे सुरु हुने बैठकमा मतदान गर्ने कार्यसूची छ ।

तर प्रदेशसभाको बहुमतमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य अनुपस्थित भएपछि प्रदेशसभामा खैलाबैला भएको छ । प्रदेशसभा सदस्य खिमबिक्रम शाही प्रदेशसभा परिसरमा देखिएका छैनन् । त्यसअघि बुधबार नै बसेको पहिलो बैठकमा पनि उनी थिएनन् ।

उनी सम्पर्कविहीन भएको माओवादी केन्द्रका प्रदेशसभा सदस्य दीपक कोइरालाले जानकारी दिए ।

स्वतन्त्र संसद राजीव गुरुङ उर्फ दीपक मनाङे पनि अनुपस्थित छन् ।

अविश्वासको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको जनमोर्चाका शाही अनुपस्थित भए अविश्वासको प्रस्ताव फेल हुन सक्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा