सरकारले बैशाख १६ देखि ३० गते सम्म देशभरका विद्यालय तथा शिक्षालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ को नया भेरियन्टहरु देखिने क्रम बढेकाले रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै सरकारले मुलुकभरका शैक्षिक संस्थाहरुलाई भौतिक उपस्थिति नभइ भर्चुअल रुपमा वा वैकल्पिक माध्यमबाट पठनपाठन कायम राख्न निर्देशन दिएको छ ।
सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारले कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारका लागि संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम प्रत्येक जिल्ला भित्र निषेधाज्ञा जारी गर्ने लगायत सम्पुर्ण अधिकार सम्बन्धित् जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारीले सोही अधिकार प्रयोग गरि पहाडी र हिमाली जिल्लाको हकमा २ सय र काठमाडौँ उपत्यका र तराईका जिल्लाको हकमा ५ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेको अवस्थामा जिल्ला भरी वा कुनै भागमा निषेधाज्ञा वा अन्य कुनै कदम चाल्नुपर्ने आवश्यकता भए जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस लिई बैशाख १६ गते बिहान ६ बजे देखि लागु हुने गरि १५ दिनका लागि सार्वजनिक आवागमन, बजार सञ्चालन लगायत नियन्त्रण गर्न आवश्यक निषेधाज्ञा जारी गर्न सक्नेछन् । प्रमुख जिल्ला अधिकारीले आवश्यक परेको खण्डमा स्थानीय प्रशासन ऐन २०१९ ले दिएको अधिकार पनि प्रयोग गर्न सक्नेछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।