नेपाल सरकारले देशभरका विद्यालयमा वैकल्पिक माध्यमबाट पठनपाठन गराउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक उपस्थितिमा पठनपाठन नगराई सम्पूर्ण पठनपाठनलाई अनलाइन एवं वैकल्पिक रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशभर भौतिक उपस्थितिमा हुने पठनपाठनलाई बन्द गनुपर्ने बताउनुभयो ।
उहाँले कोरोना भाइरसको जोखिम बढेकाले विद्यालयहरू बन्द गरेर वैकल्पिक माध्यमबाट पठनपाठन गनुपर्नेमा जोड दिनुभयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।