गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावलाई आजै निर्णयार्थ पेश गर्ने तयारी भएको छ ।
अविश्वास प्रस्तावमाथि आजै छिनोफानो गर्ने उद्देश्यले सांसदहरुको बोल्ने क्रम छोट्याइएको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ ।
केहीबेर अघि बसेको बैठकमा सांसदहरुले अविश्वास प्रस्तावमाथि टिप्पणी गर्ने क्रम सुरु भएको छ ।
केही सांसदले छलफलमा भाग लिइसकेपछि मुख्यमन्त्री गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि सभामुखले अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्न अनुमति दिने र सांसदहरुले मतदान गर्ने जनाइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।