शनिबार, साउन ३० २०८३
ताजा अपडेट

गण्डकीमा एमाले सांसदले भने : नयाँ गठबन्धन फाटेको धोतीजस्तो, धेरै टिक्दैन


  • बुधबार, बैशाख १५ २०७८
18.1K
SHARES

फाइल तस्बिर

नेकपा एमालेले गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव अप्राकृतिक, सत्तालिप्सामा केन्द्रित र प्रदेशका जनताले दिएको अभिमतको विरुद्धमा भएको बताएको छ ।

बुधबार प्रदेशसभाको बैठकमा बोल्दै एमाले सांसद कृष्णबहादुर थापाले प्रदेशको सबैभन्दा ठूलो पार्टीको सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश गर्नु अप्राकृतिक र सत्तालिप्साको उदाहरण भएको बताए । अहिलेको सरकारलाई एमालेको २७ र स्वतन्त्र १ सांसद गरी २८ जनाको विश्वास रहेको थापाले बताए ।

यो अविश्वासको प्रस्ताव अप्राकृतिक छ । यो अविश्वासको प्रस्तावमार्फत राजनीतिक अस्थिरता फैलाउन खोजिएको छ’ थापाले भने ‘यो अप्राकृतिक गठबन्धन र सत्ता लिप्सामा केन्द्रित छ, हामीले सगौरव यति भन्न सक्छौं ।’

प्रदेशका जनताप्रति उत्तरदायी हुने हो भने यो अविश्वासका प्रस्ताव फिर्ता लिनुपर्ने सांसद थापाले बताए । ‘यो अविश्वास प्रस्ताव गण्डकी प्रदेशका जनताले दिएको मतको विरुद्धमा छ । निवाचनको अभिमत भनेको वामपन्थीको सरकारका लागि हो, अहिलेको अविश्वास प्रस्ताव त्यसको विरुद्धमा छ’ थापाले भने ।

उनले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने दलहरुको गठबन्धन फाटेको धोतीजस्तो भएको दावी गरे । ‘यो गठबन्धन फाटेको धोतीजस्तो छ, जुनसुकै बेला च्यातिन सक्छ’ उनले भने ।

सांसद थापाले अविश्वास प्रस्ताव पारित भएर नयाँ सरकार बने पनि त्यो धेरै समय नटिक्ने जिकिर गरे । ‘त्यो दुर्घटना घटिहाल्यो भने पनि यो त्यति धेरै लामो समय जाँदैन ।’

अविश्वास प्रस्ताव दर्ता गराउँदा विपक्षी दलहरुले मुख्यमन्त्रीविरुद्ध झुटो आरोप लगाएको थापाले बताए । अहिले कोरोना महामारीको समयमा सरकार फेरबदल गर्नु नैतिक नहुने पनि उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा