शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बुधबार सुनचाँदीको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?


  • बुधबार, बैशाख १५ २०७८
8.3K
SHARES

फाईल तस्बिर

सुनको भाउ लगातार दोश्रो दिन गिरावट भएको छ । बैशाख १५ गते, बुधबार सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।

यस दिन छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाउँछ । यसैगरी तेजाबी सुनको भाउ पनि ओरालो लागेर आज प्रतितोला ९० हजार रुपैयाँमा झरेको छ ।

अघिल्लो कारोबार दिन सुन तोलामा १०० रुपैयाँले घट्दा प्रतितोला ९१ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बुधबार सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३०५ रुपैयाँमा किनबेच हुँदैछ । महासंघको तथ्यांक अनुसार मंगलबार भने चाँदीको मूल्यमा वृद्धि हुँदा प्रतितोला एक हजार ३१५ रुपैयाँ पुगेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा