शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

कांग्रेसका नेता र कर्मचारीमा कोरोना, केन्द्रीय समिति बैठक स्थगित


  • बुधबार, बैशाख १५ २०७८
10.6K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो ।

कांग्रेसका एक नेताले केन्द्रीय सदस्य श्रेष्ठसहित अन्य नेताका पीएसओ, सहयोगी र केन्द्रीय कार्यालयका कर्मचारीमा संक्रमण देखिएकाले बैठक स्थगित गरिएको बताए ।

पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल गर्न कांग्रेसले बुधबार केन्द्रीय समितिको बैठक बोलाएको थियो ।

बैठकअघि कांग्रेसले नेताहरुको पीसीआर परीक्षण अनिवार्य गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा