नेपाल एसबिआई बैंकको खुद ब्याज आम्दानी घट्दा नाफामा दबाब परेको देखिएको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३८ प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ८७ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन ३८.९१ प्रतिशतले कम हो।
बैंकको खुद ब्याज आम्दानीको साथै सञ्चालन नाफा घट्दा उसको नाफा घटेको हो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७ प्रतिशतले घटेर १ अर्ब ९५ करोड रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा पनि ३८ प्रतिशतले घटेको छ।
बैंकको वितरणयोग्य नाफा भने १० करोडबाट बढेर ४४ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन नै ८ प्रतिशतभन्दा धेरैले घटेको छ भने कर्जा लगानी ७ प्रतिशतले बढेको छ।
हाल ९ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ४ अर्ब ८० करोड रुपैयाँ छ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।