सरकारले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाएको छ । पछिल्लो समय भारतबाट ठूलो संख्यामा आएका भारतीय नागरिक नेपाल हुँदै खाडी मुलुक तथा साउदीमा उडिरहेका छन् ।
अध्यागमन विभागले एक सूचना प्रकाशित गर्दै त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक जान नेपाल आउन र त्रिभुवन विमानस्थललाई ट्रान्जिटका रुपमा मात्र प्रयोग गरी अन्य गन्तव्यमा यात्रा गर्न रोक लगाएको जनाएको छ ।
विभागका निर्देशक झंकनाथ ढकालका अनुसार यो नियम १५ वैशाखबाट लागु हुने भएको छ । विदेशबाट नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र नेपालबाट विदेश जाने भने रोक लगाइएको छैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।