शनिबार, साउन ३० २०८३
ताजा अपडेट

यातायात व्यवसायीको प्रश्नः कोरोना गाडीबाट मात्रै सर्छ, जहाजबाट सर्दैन?


  • मंगलबार, बैशाख १४ २०७८
12.7K
SHARES

फाइल तस्बिर

कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बिहीबारदेखि एक साता निषेधाज्ञा जारी गरिएको छ। वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा समयमा अत्यावश्यक बाहेक सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

सवारी सञ्चालनमा रोक लगाइए पनि हवाई सेवा भने तत्काल बन्द नगर्ने सरकारले निर्णय गरेको छ। यातायात व्यवसायीहरूले सरकारको यो निर्णय विभेदकारी भएको गुनासो गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारको निर्णय विभेदकारी भएको भन्दै दुःख व्यक्त गरे।

‘गाडी बन्द गर्दा सरकारले जहाज किन बन्द नगर्ने? गाडीबाट कोरोना संक्रमण फैलिने जोखिम हुँदा जहाजमा हुँदैन?,’ उनले प्रश्न गरे।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा