दैलेखमा माधव नेपाल समूहको समानान्तर कमिटी घोषणा गरिएको छ । सोमबार ‘फ्लोर क्रस’ भौतिक पूर्वाधार मन्त्री बनेका अम्मरबहादुर थापाको सहभागितामा कमिटीको घोषणा गरिएको हो ।
एमालेका नेता बरुनाथ योगीको अध्यक्षतामा १ सय ८५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । प्रदेश सदस्य टेकबहादुर खाणले अध्यक्ष लगायत ४ सदस्यीय पदाधिकारीलाई सपथ समेत खुवाएका थिए । उनीहरुले नेकपा एमाले जिल्ला कमिटी पुनर्गठन गरिएको बताएका छन् ।
अध्यक्ष बनेका बरुनाथ योगीले भने,‘ पार्टी एकता केही गरेर पनि नहुने देखिएको छ। पार्टी एकताकै लागि हामीले दबाब मुलक काम गरेका हौँ ।’ केही गरेर पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको योजना बलियो भयो भने हामीलाई निकाल्ने धकेल्ने कार्य भएको खण्डमा उपाए खोज्नुपर्ला,’उनले भने,‘ अहिले सुर्य चिन्ह झण्डा राखेर नै कमिटी चाँही घोषणा गरेका छौँ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।